नियम ११२
प्रत्यर्थीलाई झिकाउने आदेश
मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा २११ वा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १४० बमोजिम प्रत्यर्थीलाई झिकाउने आदेश गर्दा कारण खुलाई आदेश दिनु पर्छ।